८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशसभा बैठक अन्योलमा



काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन सकेको छैन ।

सत्तारुढ दलहरूबीच एकले अर्कोलाई असहयोग गरेको भन्दै भएको अवरोध बैठक तीन दिन बितिसक्दा बस्न नसकेको हो ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले आफ्ना माग पूरा नभएसम्म सदन र विषयगत समितिका कुनै पनि विषयमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

हिजो दिउँसो सभामुख राजबहादुर शाहीले दलीय सहमति गराउने भन्दै बोलाएको बैठकमा समेत निष्कर्ष ननिस्कदा फेरि अर्को बैठक बस्ने गरी बैठक सकिएको छ । अर्को बैठक कहिले बस्ने विषयमा समेत टुंगो लागेको छैन ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्तासाझेदार दलहरूसँग कुनै पनि सरोकार सम्बन्ध नराखी एकलौटी तरिकाले अगाडि बढ्दा समस्या आएको माओवादी केन्द्रले आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *