६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मी नभेटिदा कार्तिकाले बाटोमै बच्चा जन्माइन्



बाजुरा । स्वामीकार्तिक खापर गाउँपालका २ की ३५ वर्षीया कार्तिका विकले बाटोमै बच्चा जन्माएकी छन् । बाजुराको ताहाडा खोला नजिकै बाटोमा उनले बच्चा जन्माएकी हुन् ।
सुत्केरी ब्यथा लागेपछि गाउँबाट एक घण्टाको दूरीमा रहेको माझगाउँ स्वास्थ्य इकाई केन्द्र गएपनि त्यहाँ स्वास्थ्यकर्मी नभेटिएपछि फर्केर घर आउदै गर्दा कार्तिकाले बाटोमै ब्यथा लागेर त्यही बच्चा जन्माउनु परेको थियो ।
माझगाउँ इकाई स्वास्थ्य केन्द्रमा कर्मचारी नभएकोले उनले सेवा लिन नपाएको भन्दै वडाध्यक्ष अजय बहादुर विकले स्वामीकार्तिक खापर गाउँपालिकाले यो साउन महिनादेखि करारका कर्मचारीहरुको करार सेवा थप नगरेपछि माझगाउँ स्वास्थ्य इकाईमा कर्मचारीविहीन भएको बताए ।
माझगाउँ स्वास्थ्य इकाई केन्द्रमा कार्यरत अनमी र अहेव दुबै करारका थिए । म्याद थप नगरेपछि उनीहरु काममा आउन छाडेका थिए ।
फोटो : प्रकाश सिंहको फेसबुकबाट

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ५५ बजे