१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोमा पुरिएर मृत्यु भएका अछामका तीनै जनाको सनाखत



काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

आइतबार राति १ बजेतिर घर पहिरोमा पुरिँदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।

६५ वर्षीया नैना विष्ट घाइते छिन् । उनलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । उनको अवस्था सामान्य छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिंदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिंदै घाइतेको यथाशीघ्र उपचार र तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : १८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *