६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाडी आयातमा लगाइएको प्रतिवन्ध हटाउन माग



काठमाडौं। अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एसोसिएस अफ नेपालले निजी गाडी आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माग गरेको छ।

आज अध्यक्ष ध्रुव थापाको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटघाट गर्न पुगेका नाडा प्रतिनिधिले यस्तो माग गरेका हुन्। उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले देशको बर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जीप र भ्यानलाई असार मसान्तसम्मका लागि सरकारले आयात प्रतिवन्ध लगाएकोमा त्यसले व्यवसायीलाई व्यवसाय गर्न अवरोध सिर्जना गरेको बताए।

उनले बैंक तथा वित्तीय निकायहरूमा फाइनान्सको असहजता, एलसी मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका वृद्धि जस्ता विषयहरुले विगत ८ महीना देखि अटोमोवाइल व्यवसाय ८० प्रतिशतभन्दा बढीले घटेको जानकारी गराए।

भेटमा मन्त्री बडूले असार मसान्तसम्म निर्णय नबदलिने बताएको नाडाका अध्यक्ष थापाले बताए। उनले साउन १ गतेदेखि प्रतिवन्ध फुकुवा गर्ने आश्वासन दिएको उनको भनाइ थियो।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : २७ बजे