१४ चैत्र २०७९, मंगलबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाहुवाका नयाँ मोडलका सिसिटिभी बजारमा 



काठमाडौं । दाहुवाको अधिकारिक आयातकर्ता तथा विक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडलका अत्याधुनिक सिसिटिभीहरू बजारमा ल्याएको छ । कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल–कलेज, सपिङ मल, हाउजिङ, अपार्टमेन्ट तथा हाइवेका लागि उपयुक्त हुने किसिमका क्यामराहरू ल्याएको हो । 

ग्राहकहरूको माग र रोजाइका आधारमा आयात गरिएका दाहुवाका क्यामरा उपयुक्त मात्रामा स्टकमा रहेको कम्पनीले जनाएको छ । हाल आयात गरिएका सिसिटिभीहरू बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेड्युल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन–रिक्कनाइजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाइट कलर फ्युजन टेक्नोजोलीसहित आवाज रेकर्डिङ गर्न सक्ने विशेष सुविधा रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, मानिस तथा सवारीसाधनको आवतजावत तथा चहलपहल मात्र रेकर्डिङ गर्ने फोर के रियल टाइम फिचर भएको, हाइवेहरूमा उपयुक्त हुने पिटी जेडलगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रङ पत्ता लगाउने भेइकल मेटा डेटा, मानिसहरूले मास्कलगायत पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डेटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामराहरू आयात गरिएको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ३५ बजे