१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेरी टिग्गो–७ प्रो नेपाली बजारमा



काठमाडौं । नेपालमा चेरी कारको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गो–७ प्रो औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले प्रो सिरिजको १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त उक्त एसयुभी थापाथली सोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध गराउँदै सार्वजनिक गरेको हो ।  

चेरी प्रो फेमिली सिरिजको नयाँ मोडलको उक्त गाडी उत्कृष्ट डिजाइन, समृद्ध प्राविधिक सक्षमता र सुरक्षित तथा आरामदायी ड्राइभिङ अनुभवका लागि परिचित रहेको कम्पनीको दाबी छ । यसमा भएको इन्जिनले १४७ पिएस पावर र २१० एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिन नौ स्पिड सिभिटी गियरबक्ससँग जोडिएकोले सुस्त र तीव्र दुवै स्पिडमा लगातार रूपमा उच्च पावर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ad

यसको इन्टेरियरमा लेदर सिटसहितको ब्ल्याक–बेज थिममा आधारित क्याबिन रहेको छ । फ्रन्टमा सिक्स–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट तथा प्यासेन्जर सिट फोर–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल रहेको जनाइएको छ । यसमा ७ इन्च इन्स्ट्रुमेन्ट क्लस्टर, १०.२५ इन्चको एचडी सेन्ट्रल कन्ट्रोल र एसी टचस्क्रिनसहितको ड्यासबोर्ड रहेको छ ।

यी सबै इन्टरकनेक्टेड भएकाले प्रयोगकर्ताका लागि अझै इन्टेलिजेन्ट अनुभव गराउने कम्पनीको दाबी छ । यो गाडीमा ब्लुटुथ कनेक्टिभिटी, फिंगरटिपबाटै कन्ट्रोल गर्न सकिने क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोलजस्ता विभिन्न अत्याधुनिक प्रविधिहरू उपलब्ध रहेको जनाइएको छ ।

फोर एड्जस्टमेन्ट सेटिङ गर्न सकिने मल्टी फङसन स्टेयरिङ ह्विल, वायरलेस चार्जर, ३६० डिग्री क्यामराको प्रयोग गरी गाडीको चारैतिरको अवस्था थाहा पाउन सकिने, ब्याकअप क्यामराका कारण सहज पार्किङजस्ता विशेषता यसमा रहेको जनाइएको छ ।  

सुरक्षाको मामिलामा पनि यो गाडीमा कुनै सम्झौता गरिएको छैन । यसमा भएको ६ एयरब्याग, इबिडी र बिएसहितको एबिएस, इएसपी, टिसिएस, एचएसी, एचडिसी आदिले ड्राइभिङ अनुभवलाई अझै सुरक्षित बनाउने कम्पनीको भनाइ छ ।

३ ड्युअल टोन र ७ मोनोटोन अप्सनमा उपलब्ध रहेको यो गाडी ड्युअल टोनमा ब्ल्याक एन्ड रेड, ह्वाइट एन्ड ब्लू र ब्ल्याक एन्ड ह्वाइट अप्सन तथा मोनोटोनमा ब्लू, जेड ब्लू, ज्वेल रेड, सिल्भर, ग्रे, ब्ल्याक र ह्वाइट कलर अप्सन उपलब्ध रहेको जनाइएको छ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *