१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१७ डीआईजीको पदस्थानपन



काठमाडौँ । भर्खरै बढुवा भएका १७ डिआइजीहरूको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको पदस्थापनमध्ये ७ जनाले प्रहरी ईकाइको नेतृत्व गर्ने अवसर पाएका छन्।

डिआइजीहरू अशोक सिंह विशेष ब्युरो, श्यामलाल ज्ञवाली साइबर ब्युरो र किरण बज्राचार्यलाई बागमती प्रदेशको जिम्मेवारी दिइएको छ।

यस्तै रामदत्त जोशीलाई गण्डकी र पोषराज पोखरेलले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

काठमाडौं प्रहरी प्रमुख रहेका सुदीप गिरीलाई प्रदेश १ र टेकबहादुर तामाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगस्थित प्रहरी महाशाखा प्रमुख भएका छन्।

गत ८ असारमा बढुवा सिफारिस भएका १७ जना एसएसपीले आइतबारमात्रै डीआईजीको दर्ज्यानी चिन्ह लगाएका थिए।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *