४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थमन्त्री शर्माले दिए राजीनामा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।

बजेट निर्माणका क्रममा आफूमाथि लागेको आरोपको विषयमा छानबिन समिति गठन भएसँगै संसदलाई सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामाको घोषणा गरेका हुन् ।

साथै आफूले छानबिन समितिलाई सघाउने समेत बताएका छन् ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुलाई मन्त्रालयमा प्रवेश गराइ करका दर हेरफेर गराएको भन्ने आरोपपछि प्रमुख प्रतिपक्षी दल मात्र नभएर सत्तारुढ दलका सांसदले समेत राजीनामा माग गरेका थिए ।

अर्थमन्त्रीले संसदमा सम्बोधन गर्ने क्रममा निरन्तर एमालेले अवरोध गरेपछि आज ११ सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ ।

संसदमा सम्बोधन गर्र्दैै अर्थमन्त्री शर्माले आफूमाथि एउटा मात्र नभइ हजार छानबिनका लागि तयार रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *