६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारीमा लेखिएको साहित्य हटाउँदै ट्राफिक प्रहरी



काठमाडौं। ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको साहित्य हटाउन थालेको छ। सवारी साधनमा लेखिएको अपाच्य सायरी र गजल मेटाउन थालेको हो।

अश्लील, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता बालरसिंह राणाले बताए।

नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाइने भएकोले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको बताइएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दुर्घटना कम गर्न बनेको सरकारी निर्णय राम्रो भएको बताए। ‘‘स्लोगनहरूले पछाडिको चालकलाई अप्ठेरो हुन्छ। त्यसमा ध्यान दिँदा दुर्घटना हुने सम्भावना छ। यसलाई मेट्दा हुन्छ’’उनले भने।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ४ : ५० बजे