विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित लेटाङ–कानेपोखरी सडकखण्डमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्रदेश–१–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–१ केचनाका ३३ वर्षीय रोशन श्रेष्ठको मृत्यु भएको हो ।
तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए। डीएसपी गौतमले शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको बताए।
प्रतिक्रिया