६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वायुसेवा निगमका अध्यक्षको निलम्बन रोक्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न आदेश गरेको छ। बिहीबार अधिकारीको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

सरकारले अधिकारीलाई कारबाही गरी दिपुराज ज्वारचनलाई महाप्रबन्धक बनाएको थियो । मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि २८ असारलाई पेसी तोकिएको छ। 

‘दिपुराज ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्त गरिएको नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७९ असार ६ को निर्णय र सो निर्णय कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ९ असारको पत्र हाललाई कार्यान्वयन नगर्नू,नगराउनू,’आदेशमा भनिएको छ,‘निवेदकलाई नियुक्तिपत्रमा उल्लिखित पदमा पूर्ववत् काम गर्न दिनू, दिलाउनू।’

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ५ : ५६ बजे