२९ माघ २०८१, मंगलबार | Feb 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा दुईजना रुखमा झुन्डिएको अवस्थामा भेटिए



पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरीको जंगलमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ । साथमा भेटिएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरुको परिचय खुलेको हो
स्थानीयले घाँस काट्न गएको बेला रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शव केही दिन पुरानो देखिन्छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको डिएसपी प्रहरीले जनाएको छ । तर, भारत नगई पोखरा पुगेर कास्कीकै अन्नपूर्ण गाउँपालिका क्षेत्रका होटलमा बसेको खुलेको छ । घटना बारे थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ८ : ४७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *