५ जेष्ठ २०८१, शनिबार | May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका केही भागमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । देशको पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *