१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालिका बलात्कार प्रयास गर्ने वडाध्यक्ष पक्राउ



हेटौंडा । बलात्कार प्रयासको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९का वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको विकट कैलाशका वडाध्यक्ष भुवनसिं घलानविरुद्ध १४ वर्षिया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलान पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार किशोरीले जाहेरी दर्ता गरेपछि शुक्रबार नै वडाध्यक्ष घलानलाई पक्राउ गरिएको हो। १८–१९ मा  हेटौंडामा आयोजित राष्ट्रपति रनिङ शिल्डमा आएकी कैलाश गाउँपालिका–९मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किशोरीले दिएको जाहेरीमा आफुसहित साथीहरु बसेको होटलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफुमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छन्। किशोरी रनिङ शिल्डमा लङ्जम्पमा विद्यालयको तर्फबाट सहभागी थिइन्। 

१९ असारमा खेलमा सहभागी हुन उनी १८ असारमा हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलमा रहेको आसन गेस्ट हाउसमा बास बसेकी थिइन्। सुतिरहेकै बेला १८ असार राती साढे १२ बजे वडाध्यक्ष प्रवेश गरी अन्य दुई विद्यार्थीलाई समेत दुव्र्यवहार गरेको र आफूलाई बलात्कार गर्ने प्रयास गरेको आरोप जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ८ : ०८ बजे