७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर २०६ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै १२५ जना



काठमाडौं । काठमाडौं उपत्यकामा आज एकैदिन १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा १०० जना, भक्तपुरमा ७ जना र ललितपुरमा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

अहिले काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६९४ रहेको छ । यो संगै देशभर २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ३१७५ नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २०८२ नमूनाको पीसीआर र १०९३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

जसमध्ये पीसीआरबाट १७७ जना र एन्टिजेनबाट २९ जनामा संक्रमण पुष्टि भएको हो । तर कोरोनाबाट यो अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । बुधबार थप ४५ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल १००५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६३ हजार ३८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *