१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भद्रपुरबाट ८० राउण्ड गोलीसहित एक युवक पक्राउ



झापा । भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित प्रहरीले मोहम्मद प्यारेलाई पक्राउ गरेको छ । भद्रपुर–५ का १८ वर्षीय प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्ने ८० राउण्ड गोलीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल २९ थान, घडी दुई थान र नगद ६१ हजार ५०० गरी पाँच लाख १८ हजार २०० नगद बराबरको सामान चोरी भएको थियो ।
उजुरीका आधारमा चोरीमा संग्लग्न व्यक्तिको खोजीका क्रममा मंगलबार राति अभियुक्त प्यारेलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये एक थान मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो ।
उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद गरिएको र घटाना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *