१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानो भर्‍याङ यातायातबाट ६ जना बिचौलिया पक्राउ



काठमाडौं । सानो भर्‍याङ काठमान्डौंमा रहेको यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन् ।
तत्कालै काम गराइदिने झुठो आस्वासन सहित सेवाग्राहीलाई जबरजस्ती तानेर हैरानी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको एसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार प्रहरीले उदयपुर घर भएका २४ वर्षीय अजय मगर, रौतहटका ३३ वर्षीय विश्व वल्लभ लामा, २४ वर्षका सुवास योञ्जन लामा लाई पक्राउ गरेको हो । उदयपुरका वीर बहादुर मगर उर्फ सुरज, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी छन् ।
उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको अनुमति लिएर प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ९ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *