ताप्लेजुङ । चट्याङ लागेर ताप्लेजुङमा १५ वर्षका एक युवकको मृत्यु भएको छ । बिहीबार चट्याङ लाग्दा मेरिङदेन गाउँपालिका–२ का लालकुमार शेर्पाको मृत्यु भएको हो । बारीमा मकै गोड्न लागेका बेला परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवैको उपचार भएको छ । उनीहरुको अवस्था सामान्य छ ।
३१ असार २०७९, शुक्रबार
0
Shares
प्रतिक्रिया