११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलविद्युतको पावर हाउस भासिँदा जुम्लामा ३ जनाको मृत्यु



जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
वडा नम्बर १ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावतको मृत्यु भएको हो ।
राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा उनीहरुको घटना स्थलमै मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । चौकिदार रावतका परिवार त्यहीँ पावर हाउस भित्र सुत्ने गरेका थिए ।
गोरक भने काम विशेषले बाहिर गएका थिए । पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी टोली राति ४ बजे नै घटनास्थलमा पुगेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *