१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखको गुराँस गाउँपालिका तनावग्रस्त, गोली चल्दा १० वढी घाइते



दैलेख । जिल्लाको गुराँस गाउँपालिकामा करार कर्मचारीहरूको आन्दोलन नियन्त्रणबाहिर गएको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि हटाइएका करार कर्मचारीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले गाउँपालिकाको कार्यालय तोडफोड गर्नुका साथै प्रहरीमाथि लगातार ढुंगामुँढा गरेपछि प्रहरीले गोली चलाएको छ । सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि तीन राउन्ड गोली चलाएको हो । करार कर्मचारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणबाहिर गएको छ ।
झडपमा परी पाँच सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् भने अन्य दुईको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीका अनुसार गाउँपालिकाको अवस्था अहिले पनि तनावग्रस्त छ । आन्दोलनमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीसमेत घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।
आन्दोलनका क्रममा कार्यालय सहायक बखत खत्रीसहित तीनजना कर्मचारी घाइते भएका छन् । करार कर्मचारीहरूको म्याद थप नगर्ने गुराँस गाउँपालिकाको निर्णयविरुद्ध आन्दोलन गरेका कर्मचारीहरूले गाउँपालिका भवन क्षेत्रमै आक्रमणको प्रयास गरेपछि प्रहरी र सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनका लागि हवाई फायर गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।
गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँसभाको १० औँ अधिवेशनले गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको थियो । करार सम्झौताको म्याद थप नहुने भएपछि कर्मचारीहरू शुक्रबारदेखि आन्दोलनमा उत्रिएका थिए ।
उक्त गाउँपालिकामा दुई सयभन्दा बढी करार कर्मचारीहरू यसअघिका निर्वाचित जनप्रतिनिधिहरूले नियमविपरीत नियुक्त गरेको वर्तमान जनप्रतिनिधिहरूको भनाइ छ । महालेखा परीक्षणको कार्यालयले समेत वार्षिक करोडौँ रकम अनावश्यक नीतिविपरीत रकम खर्च भएको भन्दै बेरुजु निकालेको विषयलाई समेत गाउँसभामा गम्भीर समीक्षा गरेर कर्मचारी हटाउने निर्णय गरेको निर्वाचित जनप्रतिनिधिको भनाइ छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *