काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तत्काल सरकारले हतियार किन्ने कुनै योजना नरहेको बताएका छन् । उनले हतियार किन्न सरकार सँग पैसा समेत नरहेको बताए ।
शनिबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यो सबै हल्ला मात्र फैलिएको भन्दै यसबारे सरकारले कुनैपनि योजना तयार नगरेको उल्लेख गरे । गृहमन्त्री खाँणले अहिलेलाई हतियार किन्ने प्रक्रिया अघि नबढ्ने र हतियार नकिनिने बताए ।
हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले यो सबै सरकार विरुद्ध लागेकाहरुले हल्ला फैलाएर जनतामा भ्रम फैलाउन खोजोको आरोप लगाए ।
३२ असार २०७९, शनिबार
0
Shares
प्रतिक्रिया