१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले भारतमा भने-१९५० को सन्धी पुनरावलोकन हुनुपर्छ



नयाँ दिल्ली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रचण्डले ‘फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसी’ले शनिबार नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा कूटनीतिक संवादमार्फत् दुई मुलुकबीच देखिएका समस्याहरु समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने बताएका हुन् ।
सो अवसरमा उनले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने स्पष्ट बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : ३६ बजे