काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अनुसार विपदमा परी १२१ जनाको मृत्यु भएको छ । उनीहरु बाढी, पहिरो, चट्याङ र आगलागीमा परेका हुन् ।
तथ्यांक अनुसार १ वैशाख देखि ३२ असारसम्म तीन महिनाको अवधिमा चट्याङका कारण सबैभन्दा धेरै ५० जनाका मृत्यु भएको छ । त्यस्तै आगलागीबाट १९, पहिरोबाट १७ र जनावर आतंबाट १२ जनाको मृत्यु भएको केन्द्रको तथ्यांक छ ।
विपदका घटनाका कारण २ जना बेपत्ता भएका छन् भने २९९ जना घाइते भएका छन् । विपदमा परी एक हजार ४०३ परिवार प्रभावित भएका छन् र ६८ करोड ५२ लाख ४४ हजार ३६० जनाको मृत्यु भएको अनुमान गरिएको केन्द्रको तथ्यांक छ ।
३२ असार २०७९, शनिबार
0
Shares
प्रतिक्रिया