८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुहिक बलात्कारको आरोपमा चारजना पक्राउ



कञ्चनपुर । बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको पुनर्वास नगरपालिका–९ को ख गाउँका सुशील विष्ट, पृथ्वी भाट क्षेत्री, लक्ष्मण सुनार र बीओपी बीचफाँटामा कार्यरत सशस्त्र प्रहरी जवान यमप्रसाद जैशीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार उनीहरु माथि गत २३ असारमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेको छ । युवतीसँग प्रेम सम्बन्धमा रहेका भनिएका सुशील विष्टले ललाई फकाई मोटरसाइकलमा राखेर उखुबारीमा लगेको र त्यहाँ अन्य तीन जनाले समेत बलात्कार गरेको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिइसकेको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : ५४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *