काठमाडौं । सोमबार देखि बालबालिकालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई यो खोप दिन लागिएको हो ।
पहिलो मात्रा फाइजर लगाइसकेका सबै बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही,बाँके, दाङ, बर्दिया, सुर्खेत,कैलाली, कञ्चनपुर डडेलधुरा जिल्लाका बालबालिकाले पाउनेछन् ।
सबै बालबालिकालाई आफ्नो घर नजिकको केन्द्र तोकिएको विद्यालयमा दोस्रो मात्रा खोप दिइने छ ।
२ श्रावण २०७९, सोमबार
0
Shares
प्रतिक्रिया