काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१५ जना संक्रमित थपिएको छ । ४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट एकै दिन पाँच जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलोपटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

यही अवधिमा थप ४७६ जना संक्रमणमुक्त भएका छन् भने ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
प्रतिक्रिया