८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेलाई बहुमत ल्याउनबाट रोक्न छलछाम गरेर केहि फरक पर्दैन : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनबाट रोक्नका लागि सत्तारुढ गठबन्धनले जति खेल खेलेपनि कुनै फरक नपर्ने दाबी गरेका छन् ।
लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा जनता दृढ रहेको जिकिर गर्दे छलछाम गरेर कुनै फरक नपर्ने बताए ।
सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढछ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप लगाए ।
देशको मुहार फेर्नका लागि नेकपा एमालेलाई जिताउनु पर्ने उनको दाबी थियो । अध्यक्ष ओलीले देशलाई माथि उठाउनका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउनुको विकल्प नभएकोसमेत जिकिर गरे । उनले आफूले जस्तो राज्यको नाममा सम्पूर्ण चल, अचल सम्पत्ति दान गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालाई चुनौति पनि दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *