१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहिनीका प्रेमीको हत्या, शव लुकाउन भारत लगियो



वीरगञ्ज । बहिनीसँग प्रेम रहेको आशंकामा एक युवकको हत्या गर्ने दाजु भाइ पर्सामा पक्राउ परेका छन् ।

बाराको विश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षीय प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेललाई पर्सा प्रहरीले पक्राउ गरेको हो । यी दाजु भाइ मिलेर घर छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको आशङ्कामा ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा लगेर यी दुईले हत्या गरेका थिए ।

हत्यापछि शव बोरामा हालेर मोटरसाइकलबाट भारतको रक्सौल रेल्वे स्टेशनमा पुर्‍याएका थिए । त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा शव छाडेर दुबैजना फर्केको प्रहरीलाई बयान दिएका छन् । बयानका आधारमा प्रहरीले भारतको विहारस्थित,भागलपुरबाट शव खोजेर ल्याएको छ ।

२४ गते ट्युसन पढ्न हिंडेका राजकुमार हराएपछि परिवारले प्रहरीमा उजुरी दिएको थियो । पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा घटनाको रहस्य खुलेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *