१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से १.३७ प्रतशितले घट्यो, कारोबार चाहि १ अर्ब ७६ करोड



काठमाडौं। आइतबार पनि सेयर बजारमा गिरावट भएको छ । साताको पहिलो कारोबार दिन  बजार परिसूचक नेप्से २७.९२ अंक (१.३७ प्रतिशत)ले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको हो । २० साउनमा सामान्य बढेर बन्द भएको नेप्से त्यसपछि कारोबार भएको ५ दिन नै घटेको हो ।

नेप्सेसँगै सबै उपसूचक र कारोबार रकम पनि घट्दो क्रममा गएको छ । आइतबार सबै उपसूचकमा गिरावट हुँदा उत्पादनमूलक उपसूचक ३.५८ प्रतिशतले गिरावट भएको छ । यता लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम २ अर्बबाट तल झरेको छ । गत मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ९४ करोड र बिहीबार १ अर्ब ७६ करोडको कारोबार भएको छ ।

बिहीबारको तुलनामा कारोबार रकम केही बढे पनि आइतबार कारोबार रकम २ अर्बभन्दा तलै बसेको छ । आइतबार बजारमा ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३२ लाख ८२ हजारको कारोबार भएको छ।

गत आर्थिक वर्षमा अपेक्षाकृत मुनाफा कमाएको वित्तीय विवरण सार्वजनिक नगर्दा दुवै कम्पनीको सेयरमूल्य उच्च गिरावट भएको छ । तर, घटेको मूल्यमा कम्पनीका सेयर किन्ने लगानीकर्ता आकर्षित हुँदा कारोबार उच्च भएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *