१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलले नेपालबाट एक हजार कामदार लैजाने



काठमाडौं । नेपालबाट थप एक हजार कामदार इजरायल जान पाउने भएका छन् । यसअघि केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप एक हजार लाई अवसर दिने भएको हो ।


नेपालस्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी समेत गराइसकेको छ । श्रम मन्त्री शेरबहादुर कुँवरसँग आइतबार भएको भेटमा इजरायलका राजदूत खनान गोदेरले यसबारे सबै जानकारी गराएका छन् ।
मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको थियो ।

छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषय टुंगो लगाएको बताएका थिए । त्यस्तै उनले यसअघि सहायक कामदारको रूपमा १ हजार १४७ जना कामदार इजरायल गइरहेको बारेमा समेत जानकारी गराएका थिए ।


भेटमा मन्त्री कुँवरले इजरायल सरकारले उपलब्ध गराएका सहयोगप्रति धन्यवाद प्रकट गरेका थिए । आगामी दिनमा समेत इजरायल सरकारले नेपालका कृषी, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका थिए ।
मन्त्री कुँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरणको नीति पारित गरेको भन्दै यसमा इजरायली लगानीकर्ताको सहयोग आवश्यक रहेको बताएका थिए । अहिले धेरै नेपालीले इजरायल जान चाहेको भन्दै त्यसका लागि वातावरण बनाइदिन मन्त्री कुँवरले राजदूत गोदेरसँग आग्रह गरेका थिए ।


इजरायल र नेपाल सरकारबीच जी टु जीमार्फत नेपाली कामदार लैजाने सहमति भएको थियो । सोही सहमतिअनुसार गतवर्ष एकहजार जना सहायक कामदार लैजाने सहमति भएको थियो । सोही आधारमा नेपालबाट एक हजार १४७ जना कामदार छनोटमा परेका थिए । उनीहरूले अहिले इजरायल जाने प्रक्रियामा छन् ।


इजरायलमा नेपालीले गर्दै आएको कामको मूल्यांकनको आधारमा थप कामदार लैजान इजरायली कम्पनीहरू तयार भएका हुन् । सोही आधारमा इजरायल सरकारले नेपालबाट कृषी क्षेत्रमा समेत १ हजार कामदार लैजाने सहमति गरिएको हो । फोटो : विनोद धामी

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ०६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *