७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेतमा जंगली जनावको आक्रमणबाट दुई जनाको मृत्यु, स्थानीय आन्दोलित



सुर्खेत । जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि सुर्खेतको भेरीगंगा नगरपालिका– ५ स्थित मध्यवर्ती क्षेत्रका स्थानीय आन्दोलित भएका छन् ।

जसका कारण बिहानैदेखि सुर्खेत–नेपालगन्ज सडकखण्डको बबईमा अवरोध भइरहेको छ ।
हिजो बिहान बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका भेरीगंगा– ५ गेरवानीका रामबहादुर चन्द र कवि ओलीको जंगली जनवारको आक्रमणबाट मृत्यु भएको थियो । बेलुकीसम्म घर नफर्किएपछि प्रहरी, नेपाली सेना, वनरक्षक र स्थानीयले खोजी गर्दा शरीरका विभिन्न भाग खाएको अवस्थामा दुवैको शव भेटिएको थियो ।

स्थानीयले मानवीय क्षति गर्ने जंगली जनावरलाई नियन्त्रण गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै आज बिहानदेखि सडक अवरुद्ध पारेका हुन् ।
स्थानीयसँग समन्वय गरी राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । स्थानीयको अवरोधले नेपालञ्जतिर र सुर्खेतबाट छुटेका यातायातका साधन बबई क्षेत्रमा रोकिएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : २८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *