काठमाडौं । श्रीमानबाट जलाइएकी महोत्तरीकी ३५ वर्षीया प्रमिला सदाको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौं कीर्तिपुरमा प्रमिलाको मृत्यु भएको हो ।
गत २१ साउनमा मध्यराति भंगहा नगरपालिका– ९ कञ्चनवनस्थित माइतीघरमा आमासँगै सुतेकी प्रमिलालाई श्रीमान् शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएका थिए।
धनुषाको महेन्द्रनगरस्थित एक पसलबाट ४० रुपैयाँमा किनिएको मट्टीतेलले प्रमिलाको शरीर ७० प्रतिशत जलेको थियो । खाटमा सुतेकी प्रमिलाको जिउमा आगो लागेपछि सोही आगोको लप्काले खाटमुनि सुतेकी आमा रेशमादेवी पनि जल्न पुगेकी थिइन् ।
६५ वर्षीया रेशमाको शरीरको १० प्रतिशत जलेको थियो । दुवै आमाछोरीको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनको गएराति उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको उनको भतिजो ललित सदाले जानकारी दिए । उनका श्रीमान भने प्रहरी नियन्त्रणमा छन् ।
प्रतिक्रिया