१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा युवक माथि गोली प्रहार, गोली चलाउनेको खोजी सुरु



काठमाडौं । रुपन्देहीमा अज्ञात समूहले एक युवक माथि गोली प्रहार गरेको छ । जसका कारण सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् ।
उनीमाथी ओमसतिया–४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली चलाएको थियो ।
आइतबार राति मोटरसाइकलमा आएका अज्ञात समुहले गुरुङमाथि गोली प्रहार गरेका हुन् ।

गोली लागि घाइते भएका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

घाइते गुरुङ नेपाल भारत सीमामा सामान पास गराउने काममा कार्यरत रहेको बुझिएको छ । घटनास्थल नेपाल भारत सिमानाबाट ७ सय मिटरको दुरीमा पर्दछ । गोली प्रहार गर्नेको ब्यापक खोजी भइरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *