२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते



दार्चुला । दार्चुलाको शैल्यशिखरमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको जिप शैल्यशिखर नगरपालिका ६ उलानीमा दुर्घटनामा परेको हो ।

से १ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जीपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जीप के कारणले दुर्घटना भयो भन्ने बारे अहिलेसम्म जाकारी छैन । तर केही घाइतेहरुले बताए अनुसार तिब्र गतिका कारण जीप दुर्घना भएको हुनसक्ने देखिन्छ । घटनाको थप विरवण आउन बाँकी छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ५ : ४८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *