१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६२३ जनामा कोरोना संक्रमित थपिए, अब संक्रिय संक्रमितको संख्या ५०२४



काठमाडौं । आज थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएका हो ।

योसँगै अब कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । सोही अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने १९० जना संस्थागत आइसोलेसन र ४९ जना आईसीयूमा छन् ।

अन्य जटिल अवस्थाका ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएकाहरु सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *