४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेतमा वन मुद्दामा पक्राउ परेका व्यक्तिको हिरासतमा मृत्यु



वीरेन्द्र नगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछाने हिरासतमा मृत भेटिएका छन् । उनका आफन्त आन्दोलित बनेका छन् ।


मृत भेटिएका लामिछाने वनसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । वीरेन्द्रनगर नगरपालिकामा रहेको जिल्ला वन डिभिजन कार्यालयमा लामिछाने मृत भेटिएका थिए । बिहीबार पक्राउ परेका उनको वन कार्यालय पु¥याएलगत्तै मृत्यु भएपछि आफन्तहरू आन्दोलित बनेका हुन् ।

सालको रूख काटेको आरोपमा वीरेन्द्रनगर सबडिभिजन कार्यालयका कर्मचारीहरूले उनलाई पक्राउ गरेका थिए । पक्राउ गरेर डिभिजन वन कार्यालयमा रहेको हिरासतमा राखेको केही समयमा उनको मृत्यु भएको थियो । पक्राउ गर्नेहरूले कुटपिट गरेकाले मृत्यु भएको मृतकका आफन्तको आरोप छ । कार्यालयमै पुगेर विरोध जनाएका आफन्तहरूले घटनाबारे सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

वन डिभिजन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रूख काटेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो । सुरुमा धनीरामकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीराम पक्राउ परेका थिए ।
सोधपुछका लागि आफन्तलाई ल्याएर स्थानीय जनप्रतिनिधि र आफन्तको जमानी लगाएर छोड्ने कुरा भएको, तर उनी झुन्डिएको अवस्थामा फेला परेका डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले बताए । मृतकका आफन्तहरूले भने वन कर्मचारीले कुटपिटबाट मृत्यु भएपछि झुन्डाएर शव राखेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *