१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यदलले शीर्ष नेतालाई बुझायो सिट बाँडफाँडको प्रगति विवरण



काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्मका सबै प्रगतिको विवरण शीर्ष नेताहरुलाई बुझाएको छ।


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा कार्यदलमा हालसम्म भएका छलफलका प्रगति विवरण शीर्ष नेताहरुलाई बुझाइएको हो ।

बैठकमा कार्यदलले बुझाएको प्रगति विवरणमा छलफल भएको र शीर्ष नेताहरुबाट छिट्टै कार्यसम्पादन गर्न निर्देशन प्राप्त भएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए।

शीर्ष नेताहरुले तालमेलको खाकामा साझा अवधारणा बनाउन पनि कार्यदललाई निर्देशन दिएको उनले बताए । कार्कीले कार्यदलले तयार गरेको तालमेलको आधारका सबै विवरणका बारेमा जानकारी गराएको र चाँडै काम सम्पन्न गर्ने जानकारी दिए ।
उनले तालमेललाई निष्कर्षमा पु¥याउने बाटोमा कार्यदल अघि बढेको धारणा राखे। प्रतिनिधिसभा र प्रदेश सभा दुवैको सिट बाँडफाँट एकैपटक हुने उनको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : १९ बजे