१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको सबै फोहोर उठ्न अझै १० दिन लाग्ने



काठमाडौं । लामो समयदेखि थुप्रियको काठमाडौं उपत्यकाको सबै फोहोर उठाउन अझै कम्तीमा एकसाता बढी लाग्ने देखिएको छ ।
फोहोर फाल्ने क्षेत्र सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गरेपछि दुई महिनादेखि व्यवस्थापन हुन नसकेको फोहोर तत्कालै उठाउन नसकिने भएको हो ।


अहिलेको काठमाडौंको विभिन्न चोक, गल्लीमा फोहोर थुपारेर राखिएको छ । सोही फोहोर उठाउनको काम क्रमशः शुरु भएको र कुनै अवरोध नभए आउँदो १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए ।
काठमाडौं उपत्यकाको १८ पालिकामा आठ हजार टिपर फोहोर व्यवस्थापन गर्नुपर्ने छ । फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि बिहीबारदेखि साविक बमोजिम फोहर व्यवस्थापन हुन थालेको हो।


पछिल्लो सम्झौताअनुसार फोहोरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन । तर, कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ वटा मात्र टिपर छन् । ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको उनले बताए ।


अहिले उपत्यकाको विभिन्न ठाउँमा अस्तव्यस्त रूपमा रहेको फोहरको विसर्जन हुने बित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहर पूर्णरूपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ११ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *