६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलिकप्टरमार्फत उद्धार गर्दा गर्भवतीको ज्यान बच्योे, शिशुको भने मृत्यु


६ भाद्र २०७९, सोमबार  

754
Shares

बैतडी । बैतडीको सिगासमा हेलिकप्टरमार्फत उद्धार गरेर एक गर्भवतीको ज्यान बचाइएको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया विन्दु धामीको ज्यान बचेको हो ।
नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल ल्याएकी विन्दुको ज्यान बचेपनि शिशुको भने मृत्यु भएको उनका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए ।
अस्पतालमा शल्यक्रिया गरेपछि विन्दु बाँचे पनि लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्धृत गर्दै दीपेन्द्रले राससलाई बताए । ‘लामो व्यथाले शिशुको गर्भ मै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन् । मृतक शिशु छोरा रहेछ’, उनले भने ।
आइबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको सोमबार मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो । समयमा खबर नगरिएकाले शिशुको मृत्यु भएकोप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गरे । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो ।


आइतबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म लैजान चार घण्टा बोकेर लैजानुपर्ने सो समयसम्म अत्यधिक रक्तस्राब हुने खतरा रहेकाले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *