१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेयर बजारमा सामान्य सुधार



काठमाडौं । पछिल्ला दिन ओरालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य सुधार आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से करिब २ अंकले सकारात्मक रहेर २ हजार ५४ कायम भएर थामियो । कारोबार अझै घटेर सवा अर्ब हाराहारीमै खुम्चियो । यस दिन ७ वटा उपसमूह हरियो रहँदा ६ वटा रातो रहे । यस दिन उत्पादनमूलक र व्यापार समूह दोहोरो अंकले सकारात्मक रहँदा जीवन बीमा र वाणिज्य बैंक समूह सामान्य अंकले सकारात्मक रहे ।

जलविद्युत, अन्य र लगानी समूह मात्र हरियो रहे । होटल तथा पर्यटन, विकास बैंक र लघुवित्त दोहोरो अंकले ओरालो लागे । वित्त, निर्जीबन बीमा र सामूहिक लगानी कोष सामान्य अंकले रोतो रहे । मंगलबार २ सय २२ कम्पनीको ४० लाख ३१ हजार कित्ता शेयर जम्मा १ अर्ब ३३ करोड बराबरमा खरीदविक्री भएको नेप्सेले जनाएको छ ।

नेप्से सकारात्मक रहेपनि यस दिन कमाउने भन्दा गुमाउने कम्पनी अधिक रहे । १ सय ४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा जम्मा ७१ कम्पनीको मूल्यमा बृद्धि भएको हो । यस दिनको कारोबारमा रुरु जलविद्युत, मन्दाकिनी हाइड्रो र अपर तामाकोशी को शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए । सिदार्थ इक्विटी फण्डको मूल्य ६ प्रतिशतले घटेको छ ।

यसदिन कारोबार रकमको आधारमा हिमाल दोलखा हाइड्रोको सबैभन्दा उच्च १४ करोड माथिको कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *