७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर



सप्तरी । सप्तरीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । तस्करी गरेर ल्याइएको सामान बरामद गर्ने क्रममा सप्तरीको बलान विहुल गाउँपालिका– ४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको  हो ।

मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप भएको र झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायरसमेत गरिएको उनले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *