काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदल संयोजकसमेत रहेका सिटौला स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ ह्याम्स हस्पिटल गएका थिए ।
त्यहाँ स्वास्थ्य परीक्षण गर्दा उनका कोरोना पजिटिभ देखिएको हो ।
उनी अहिले होम आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य अवस्था सामान्य भए पनि चिकित्सकको परामर्शअनुसार थप उपचारकालागि केहि दिन अस्पतालमै बस्नुपर्ने छ । उनी मंगलवारको शीर्ष नेताहरुको बैठकमा केही समय उपस्थित भएर फर्किएका थिए ।
प्रतिक्रिया