२६ बैशाख २०८१, बुधबार | May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निद्रा किन लाग्दैन्, यसबाट बच्न के गर्ने ?



मानिसको स्वास्थ्यका लागि पर्याप्त र राम्रो निद्रा आवश्यक हुन्छ । मानिसका लागि निद्रा विश्रामको गहिरो प्राकृतिक तरिका पनि हो । निद्राले शरीरका अंग र मन–मस्तिष्कलाई स्वस्थ राख्छ ।

स्वस्थ रहन पनि कम्तीमा आठ घन्टा चैनले निदाउन सक्नुपर्छ ।
तर, पछिल्लो समय मानिसमा निद्रा नलाग्ने समस्या बढेको छ । राति निदाउन कठिनाइ हुने, निदाइसकेपछि बीच–बीचमा निद्रा टुट्ने र बिहान धेरै चाँडै निद्रा खुल्ने र फेरि निदाउन गाह्रो हुने अवस्थामध्ये एक वा बढी अवस्थालाई अनिद्रा भनिन्छ । अनिद्रालाई रोग नै भन्न मिल्दैन ।

यद्यपि, मनोरोगका केही लक्षण गडबड भएर निद्रा बिग्रने हुन्छ ।
निद्रा नै लाग्दैन, सुरुमा आउँदैआउँदैन, बेडमा गयो आँखा ट्वाल्ल हुन्छ । डिप्रेसनका बिरामीमा प्रायजसो सुरुमा अलिअलि निद्रा आउँछ । अनि निदाउनुहुन्छ । तर, बिउँझेपछि फेरि निदाउन गाह्रो हुन्छ । धेरै सोच आउनु, थकान हुनु निद्रा बिग्रने मुख्य कारण हुन् ।

के कारणले हुन्छ ?
-एक्कासि आइपरेको मानसिक तनाव, क्षणिक उत्तेजित अवस्था, डर, डिप्रेसन, आत्तिने रोगजस्ता मानसिक रोगले गर्दा पनि अनिद्रा हुन्छ ।
-लागुपदार्थको सेवन गरेका मानिसले तत्काल सेवन गर्न छोड्नु वा धेरै सेवन गर्नु ।
-कम्प्युटर स्क्रिनमा धेरै समय बिताउने, मोबाइलको प्रयोग धेरै गर्नेलाई निद्रा बिग्रन्छ ।
-बेडमा बसेर टिभी हेर्ने, बेडमा बसेर मोबाइल चलाउने, बेडमै बसेर पढ्ने बानीले पनि निद्रा लाग्दैन ।
-कतिपय मानिसलाई बाहिरी कोलाहलका कारण पनिनिद्रा लाग्दैन ।

अनिद्राबाट कसरी बच्ने ?

-बिहान समयमै उठेर दैनिक शारीरिक व्यायाम गर्ने ।
-स्वस्थ खानेकुरा र जीवनशैली अपनाउने ।
-सकेसम्म धेरै चिल्लो पदार्थ भएको खानेकुरा नखाने ।
-कम र स्वस्थकर खाना खाने बानी बसाल्ने ।
-बेलुकी १० देखि बिहान ६ बजेसम्म सुत्ने । दिउँसोसकेसम्म नसुत्ने ।
-तनाव व्यवस्थापन गर्न प्रयास गर्ने ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ४ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *