५ जेष्ठ २०८१, शनिबार | May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाको आयोजनामा नेतृत्व विकास तालिम



कैलाली । समुदायमा रहेका महिला स्वास्थ्य स्वयमसेविका, बडघर, भल्मन्सा, बाल क्लबका प्रतिनिधि र आमा समूह लगायतलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम दिइएको छ ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को आयोजना र समृद्ध नेपाल टेनिङ सेन्टरको सहयोगमा तालिम प्रदान गरिएको हो । सो तालिममा सहभागीले तालिमले व्यक्तित्वमा निखार आउने भएकाले हरेक व्यक्तिका लागि यो आवश्यक रहेको चर्चा गरेका थिए । उनीहरुलाई नेतृत्व भनेको के हो ? नेतृत्वमा हुनुपर्ने गुणहरु, नेतृत्वको क्षमता विकास कसरी गर्न सकिन्छ ? लगायतका विषयमा तालिम दिइएको थियो ।

दुई दिने तालिमको सहजीकरण प्रशिक्षक तथा अधिवक्ता गणेश कडायतले गरेका थिए । सो अवसरमा उनले तालिमबाट हासिल गरेका वा सिकेका कुराहरुलाई व्यावहारिक जीवनमा उतार्न आवश्यक रहेको बताए । समुदाय असल अभ्यास र सक्षम नेतृत्व हुनका लागि कानुनी, नीतिगत ज्ञान, क्षमता, व्यक्तिगत स्वभाव, सामाजिक गुणहरुमा सुधार र परिवर्तन हुन जरुरी रहेको उनले औंल्याए । नेतृत्व अध्ययनशील र विनयशील हुनुपर्ने उनको भनाइ थियो ।

‘स्थानीय व्यक्तिहरुलाई नेतृत्वमा कसरी अगाडी ल्याउन सकिन्छ ?, बोल्ने क्षमता वा वक्तव्य कलाको विकास, सुनाई सीपहरु, कानुनको ज्ञान, भाषण कलाको बारेमा सहभागीसँग धेरै छलफल भयो । उनले भने, ‘सहभागीको चाहना अनुसार भाषण कलाको अभ्यास पनि गरियो । सुरुवातमा सबै परिवर्तन वा उपलब्धी सम्भव नभएपनि यसले भविस्यमा समुदाय र समाजमा केही न केही सुधार वा नतिजा दिन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

उनले कोसिस गर्नु नै सफलताको सिढी चढ्नु भएको बताए । तालिममा देखिएको उत्साहजनक सहभागितालाई आफूले उपलब्धिको रुपमा लिइएको उनले बताए । दुई दिनको समय पर्याप्त नभएको बताउँदै सहभागिले आगामी दिनमा समय बढाउन माग गरेको उनको भनाइ छ ।

उक्त तालिममा ५४ जनाको सहभागिता रहेको थियो । वडा कार्यालयको वार्षिक विनियोजित बजेट तथा कार्यक्रम अनुसार तालिम प्रदान गरिएको वडाध्यक्ष भोलेराम चौधरीले बताए । कार्यक्रमका लागि रु १ लाख ५० हजार विनियोजन गरिएको उनले जानकारी दिए । आफूमा भएको नेतृत्व क्षमताको विकास गरी सम्बन्धित ठाउँमा आफूले राख्न खोजेको विचार, धारणा वा समस्यालाई खुलस्त रुपमा राख्न सक्ने वातावरण सिर्जना भएको धारणा तालिमका सहभागिले राखेको उनले भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ९ : ४७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *