२४ भाद्र २०८१, सोमबार | Sep 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋतम्भरा पाठशालाको दीक्षान्त समारोह सम्पन्न, खुसीले रमाए विद्यार्थी



काठमाडौं । ऋतम्भरा पाठशालाको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा यूकेजी उर्तीण गरेर कक्षा एक मा गएका ३४ विद्यार्थी दीक्षीत भएका छन ।

चाँगुनारायण नगरपालिका–२ भक्तपुरमा रहेको ऋतम्भरा पाठशालाका निर्देशक विजय कुमार बुढाथोकीको अध्यक्षता तथा चाँगुनारायण–२ का वडाध्यक्ष सोम प्रधानको प्रमुख आथित्यतामा शनिबार सम्पन्न समारोहमा दीक्षीत भएका बालबालिकाहरु खुसीले दंग देखिन्थे । कालो रंगको स्कार्फ र गाउन पोसाक लगाएर सम्मान ग्रहण गर्न मञ्चमा उक्लिएका सानासाना बालबालिकाहरु लहरै उभिएको दृश्यले समारोह मनैदेखि आनन्द लाग्ने देखिन्थ्यो ।

यूकेजी उर्तीण गरेर एक कक्षामा प्रवेश गरेका ३४ जना बालबालिकाहरुलाई दीक्षीत गरे पश्चात समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अथीति वडाध्यक्ष प्रधानले शिक्षा र स्वास्थ्य आफ्नो वडाको मुख्य प्राथमिक्ताको विषयका रुपमा रहेकाले सामुदायिक र संस्थागत विद्यालय बीच राज्यबाट भइरहेका बिभेद् विरुद्ध आफुहरु लडिरहेको बताए । ‘सामुदायीक र संस्थागत विद्यालय बिच ठुलो खाडल छ,’ उनले भने,‘यो राज्यबाट भइरहेको बिभेद् हो । त्यस विरुद्ध मैले शिक्षा समितिमा पनि धेरै पटक बिरोध गरेको छु ।’ समृद्ध र उज्यालो वडा बनाउने लक्ष्यका साथ आफुहरु अघि बढेकाले वडाका सबै विद्यालयहरुलाई कस्तो बनाउने भन्ने स्थानीयको योजना बमोजिम राज्यले सोच्नुपर्ने बताउदै वडाध्यक्ष प्रधानले ऋतम्भरा पाठशालाले कक्षा १० को समेत अनुमति पाएको प्रति वधाई दिदै यो विद्यालयले उच्च शिक्षाको अनुमतिका लागि समेत इच्छा देखाए आफुहरु सहयोग गर्न तयार रहेको बताए ।

समारोहमा बिशिष्ठ अथीतिका रुपमा बोल्दै संस्थागत विद्यालय संघ नेपाल (इसान) का अध्यक्ष रत्न राइले छोराछोरीको शिक्षा प्रति सबैभन्दा बढी आभिभावक जिम्मेवार हुनुपर्ने बताए । विद्यालयका कारण मात्रै विद्यार्थीको शैक्षिक अवस्था सुधार हुन नसक्ने भन्दै उनले अभिभावले समय दिने र विद्यार्थीले मिहेनत गरे शैक्षिक प्रगति हुने बताए ।

अर्का बिशिष्ठ अतीथि कानूनविद् हरी कट्टेलले ऋतम्भरा पाठशालाले गरिरहेका विभिन्न क्रियाकलापको प्रशंसा गर्दै शैक्षिक प्रगतिका लागि शुभकामना दिए । उनले समाज बुझेर दिइने शिक्षा सबैभन्दा अब्बल हुने भएकाले त्यसतर्फ ध्यानदिन सुझाब समेत दिए । अभिभावकहरुका तर्फबाट बोल्दै कक्षा १ का छात्रा जस्टिना क्षेत्रीका बुबा ध्रुव बीसीले विद्यालयले संस्कार सहितको शिक्षामा जोड दिएका कारण ऋतम्भराका विद्यार्थीहरुले ब्यवहारीक शिक्षाको ज्ञान समेत पाउने गरेकाले आफुहरु समेत खुसी भएको उल्लेख गरे । उनले किताबमा लेखिएका कुरा घोकेर मात्र नहुने भन्दै अन्य संस्थागत तथा सामुदायिक विद्यालयले समेत ऋतम्भराले जस्तै ब्यवहारीक शिक्षामा जोड दिए बालबालिकाहरु आफ्नो परम्परा, रितिरिवाज र चालचलनबारे समेत शिक्षित हुने अवसर पाउने बताए । शैक्षिक क्षेत्रमा राम्रो गर्ने विद्यालयलाई स्थानीय सरकारले हौसला दिनसक्नुपर्ने समेत उनले बताए ।

वर्षभरीमा खेलकूद लगायत विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने २५० वढी बिद्यार्थीहरुलाई सम्मान गरिएको दीक्षान्त समारोहमा कांग्रेस चाँगुनारायण नगर कार्यसमिति सभापति शिवहरी केसी, ऋतम्भरा पाठशाला प्रालिका अध्यक्ष सूर्य भण्डारी, फाउण्डर डाइरेक्टरहरु प्रकाश बराल र रेवन्त ठकुल्ला लगायतले विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै बधाइ समेत दिएका थिए । ऋतम्भरा पाठशालाका प्राचार्य जुनु बुढाथोकीको स्वागत मन्तब्य सँगै शिक्षिका कमला बरालले संचालन गरेको समारोहमा अभिभावकहरुको समेत उपस्थीति रहेको थियो ।

फोटोमा दीक्षान्त समारोह

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १० : ३६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *