२८ बैशाख २०८१, शुक्रबार | May 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनुदान आयोगद्वारा प्राध्यापकलाई क्षमता अभिवृद्धि तालिम



कैलाली । विश्वविद्यालय अनुदान आयोगले प्राध्यापकको क्षमता अभिवृद्धिका लागि तालिम दिएको छ । कैलाली र कञ्चनपुरका बहुमुखी क्याम्पसमा कार्यरत प्रशासनिक कर्मचारी तथा प्राध्यापकलाई सो तालिम दिइएको हो ।

घोडाघोडी बहुमुखी क्याम्पस सुखडमा दुई दिनसम्म सञ्चालित तालिममा दुई जिल्लाका ११ वटा क्याम्पसका प्राध्यापकलाई तालिम दिएको आयोजकले जनाएको छ । क्षमता अभिवृद्धि तालिममा कैलाली र कञ्चनपुरका १८ वटा क्याम्पसलाई सहभागिताका लागि पत्राचार गरिएकोमा ११ वटा क्याम्पसका प्राध्यापक तथा कर्मचारीको उपस्थिति रहेको बताइएको छ ।

तालिममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सहायक डिन डा. श्रीकृष्ण खरेल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय प्रमुख सागरराज सुवेदीले प्रशिक्षण गरेका थिए । यस्तै, त्रिभुवन विश्वविद्यालयका सूचना तथा प्रविधि विज्ञ डा. वेदप्रसाद ढकाल, सुदूरपश्चिम विश्वविद्यालय टीकापुर बहुमुखी क्याम्पसमा अध्यापनरत डा. धनकृष्ण उपाध्याय र घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापक डा.दिपकराज जोशीलेसमेत विभिन्न विषयमा प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा लम्की बहुमुखी क्याम्पस, रघुनाथ आदर्श बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, नास्ट कलेज, सुदूरपश्चिमाञ्चल क्याम्पस (एपीए) र फूलबारी बहुमुखी क्याम्पसका प्रतिनिधिको सहभागिता रहेको थियो । यसैगरी टीकापुर बहुमुखी क्याम्पस, टीकापुर स्कुल अफ एग्रिकल्चर टीकापुर, कञ्चनपुरको दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पसका प्रतिनिधि र घोडाघोडी बहुमुखी क्याम्पसका सम्पूर्ण प्रशासनिक कर्मचारी तथा प्राध्यापकको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा सहभागिताको प्रमाणपत्र ग्रहण गर्दै क्याम्पसका प्रतिनिधिले तालिम पश्चात सूचना प्रविधि एवं अंग्रेजी र नेपाली भाषा लगायत विभिन्न विषयमा महत्वपूर्ण ज्ञान हासिल भएको बताएका छन् । घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णु सापकोटाको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय सहायक डिन श्रीकृष्ण खरेल रहेका थिए । त्यस्तै, विशिष्ट अतिथिमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय प्रमुख सागरराज सुवेदी रहेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *