६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेद्वारा निर्वाचन परिचालन सचिवालय गठन

अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति



काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आइतबार बसेको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित ४ सय ५१ सदस्यीय कमिटीका संयोजक एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले सचिवालय गठन गरेको हो । कमिटीको सचिवको जिम्मेदारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ ।

एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले देशव्यापी निर्वाचन कमिटी गठन गरेर निर्वाचनकेन्द्रित गतिविधि अघि बढाउने निर्णय गरेको छ ।

परिचालन कमिटीमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहनुभएको छ ।

एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्नेलगायत पार्टीको सचिवालयले गरेको निर्णय अनुमोदन गरेको थियो । एमालेले अध्यक्ष ओलीकै संयोजकतवमा घोषणापत्र मस्यौदा समिति पनि गठन गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ५ : ०४ बजे