१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत



काठमाडौं । सरकारले म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले मापदण्ड स्वीकृत गरेको हो ।
यसअघि प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको थियो ।
मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।

स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गर्नेछ । भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिने गरि कार्यविधि स्वीकृत भएको डीआईजी राईले जानकारी दिए ।
कार्यविधि अनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ ।

म्यादी प्रहरीको नतिजाचाहिँ असोज २५ मा प्रकाशन गरिने बताइएको छ । अर्थ मन्त्रालयको सहमति दिएको छ । म्यादीको कार्यावधि ४० दिनको हुनेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १ : ४३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *