६ बैशाख २०८१, बिहिबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछानेमाथि किशोरी बलात्कार गरेको आरोप



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

एक किशोरी र उनका आफन्तले लामिछानेले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । लामिछानेविरुद्ध मंगलबार साँझ उजुरी परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार काठमाडौंको एक होस्टेलमा बस्ने १७ वर्षकी किशोरीले सन्दीपले भदौ पहिलो साता आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।

जाहेरपछि प्रहरीले बेलुका किशोरीको स्वास्थ्य परीक्षण गराएको छ । प्रहरीले घटनाबारे औपचारिक जानकारी गराएको छैन ।

आफन्तका अनुसार किशोरी सन्दीपको फ्यान थिइन । सामाजिक संजाल मार्फत उनी सन्दीपसँग नजिकिएकी थिइन ।

भदौ पहिलो साता नगरकोटमा लगेर घुमाएको र फर्किएपछि काठमाडौंको गौशालास्थित एक होटलमा आफूमाथि जवरजस्ती  गरेको भन्दै किशोरीले जाहेरीमा उल्लेख गरेको स्रोतले जनाएको छ ।

नगरकोटबाट काठमाडौं फर्किँदा राति अवेर भइसकेकाले होस्टल जान नसकेको र सन्दीपसँग होटलमा बस्नुपरेको किशोरीको तर्क छ । राति होटलमा मादक पदार्थ खुवाएर आफूलाई करणी गरेको उनले बताएकी छन् ।

सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न देश बाहिर छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *