११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट



काठमाडौं । यो वर्षको दसैंको लागि असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुला गर्ने सबै तयारी पुरा भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवसायी र विभागबीच छलफलले चाडपर्वलाई लक्षित गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको असोज १ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथासक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने/गराउने निर्णय भएको विभागका निर्देशक ईश्वरी दत्त पनेरुले जानकारी दिए । यो वर्ष असोज १९ गते विजयदशमी परेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *